तेक्वान्दो संघद्वारा १२ पदाधिकारीको विदाई

तेक्वान्दो संघद्वारा १२ पदाधिकारीको विदाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाई गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नविन कुमार श्रेष्ठ, प्रवक्ता दिपक बिष्टसहित १२ पदाधिकारीको विदाई गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन ०७७ कार्यान्वयनमा आएसँगै उनीहरुले संघबाट राजीनामा दिएका थिए । नयाँ ऐनले राष्ट्रिय खेलकुद परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । जसको कारण उनीहरुले संघबाट राजीनामा दिएका थिए । उनीहरुको राजीनामा स्वीकृती गर्दै संघले पदाधिकारीको विदाई गरेको हो ।

राजीनामा बुझाउनेमा सचिव नविन कुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दिपक विष्ट र सह–कोषाध्यक्ष सुमन कुमार घले रहेका छन् । यस्तै सदस्यहरु टिका प्रसाद लिम्बु, संगीना बैद्य, नोर्बु सलामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योन्जन, कविराज खड्की, हिरा बहादुर थापा र मिन न्यौपाने रहेका छन् ।

उनीहरुलाई विदाई गर्दै संघका प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको योगदानका लागि अनुरोध गरेका थिए । संघका महासचिव दीपराज गुरुङले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्याएको भूमिका र योगदानका लागी धन्यवाद व्यक्त गरे ।

Skip This
Skip This
Logo