स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ ।
फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो ।पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो ।
उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेकाे गोल जीतका लागि काफी बन्न पुग्याे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो ।
पिएसजी यसअघि रेनेससँग २-० ले पराजित भएको थियो ।यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवाैं स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ । शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ ।





























प्रतिक्रिया