चितवन-२ उपनिर्वाचन- मनोनयनका लागि छुट्टाछुट्टै समय

चितवन-२ उपनिर्वाचन- मनोनयनका लागि छुट्टाछुट्टै समय


आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विहान १० बजे, नेपाली काँग्रेसका लागि दिनको २ बजे, नेकपा एमालेका लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । 

Logo