नेपालको ओडिआई वरियतामा सुधार

नेपालको ओडिआई वरियतामा सुधार

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीको नयाँ ओडिआई वरियतामा सुधार भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लिएको हो । नेपालले ओमान र नेदरल्याण्डलाई पछि पारेको हो । 

ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन् । जसमा ओमानले पनि एक स्थान सुधार गर्दा नेदरल्यान्ड्स दुई स्थान तल झरेको हो । 

वरियतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ । साथै न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ भने इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा पुगेको छ । 

Skip This
Skip This
Logo