न्युक्यासल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर चौथोमा झर्‍यो

न्युक्यासल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर चौथोमा झर्‍यो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ। आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो। न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ । 

पहिलो हाफको २९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १-० को अग्रता लियो । 

तर, दोस्रो खेलको ५४ औँ मिनेटमा न्युक्यासलका  डेभिड रायाले गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो भने ६१ औँ मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २-१ को सहज जीत निकाल्यो ।

Logo