न्युरोड टिम (एनआरटी)ले जारी शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गर्दै सातौं चरणमा पहिलो सफलता निकालेको हो । निकै रोमाञ्चक बनेको खेलमा एनआरटीले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो ।
प्रतिष्पर्धात्मक बनेको खेलमा १४औं मिनेटमा खमिर गिल्सनले गर्दै हिमालयन शेर्पालाई दिलाएको अग्रतालाई उल्टाएको हो । पहिलो हाफमा पछि परेपनि दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको एनआरटीका लागि ६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
खेल अन्त्यतिर काउन्टरमा उत्रिएको एनआरटीले एक मिनेट बाँकी र जेनिस प्रजापतीले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाएका थिए । इन्जुरी समयमा हिमालयन खेलमा फर्किन प्रयास गरेपनि असफल भयो र एनआरटीले जारी लिगमा पहिलो जित निकाल्न सफल भएको हो । जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।
लिगमा सोमवार पनि तीन खेल हुनेछन् ।































प्रतिक्रिया