एसी मिलानसँग नापोली पराजित

एसी मिलानसँग नापोली पराजित

केन्द्रबिन्दु
0
Shares

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अल इटालियन क्वालटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानका लागि बेन्नासेरले ४०औँ मिनेटमा राफेल लआओको पासमा गोल गरेका थिए ।

इस्माएल बेन्नासेरले गरेको एक मात्र गोलमा मिलानले सिरी ए को शीर्ष स्थानको नापोलीलाई पराजित गरेको हो । जितपछि मिलानले साँघुरो अग्रता बनाएको छ ।

नापोलीका जाम्बो एङ्गुएसाले ७४औँ मिनेटमा दोहोरो पहेँलो  (रातो) कार्ड पाएका थिए । मिलान र नापोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ ।

Skip This
Skip This
Logo