युरोपा लिगमा म्यानचेस्टर र सेभियाको रोमाञ्चक बराबरी

युरोपा लिगमा म्यानचेस्टर र सेभियाको रोमाञ्चक बराबरी

केन्द्रबिन्दु
0
Shares

युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभियाले रोमाञ्चक बराबरी खेलेका छन् ।

म्यानचेस्टर र सेभियाले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन्। युनाइटेडका मार्सेल सवित्जरले गोल गर्दा सेभियाले दुवै गोल उपहार पाएको थियो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको १४औँ मिनेटमा मार्सेलको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए । २१औँ मिनेटमा मार्सेलले नै गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । 

तर, त्यो अग्रतालाई युनाइटेडले खेलको अन्त्यतिर जोगाउन सकेन । दुई आत्मघाती गोलले युनाइटेड जितबाट वञ्चित बन्न पुग्यो ।
८४औँ मिनेटमा टेलर मालासियाले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ह्यारी मगाएरले आत्मघाती गोल गरेपछि युनाइटेड जितबाट वञ्चित बन्यो ।

यस बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । अब २० अप्रिलमा सेभियाको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली नै सेमिफाइनलमा पुग्नेछ ।

Skip This
Skip This
Logo