आइपिएलमा हैदराबादसँग कोलकाता पराजित

आइपिएलमा हैदराबादसँग कोलकाता पराजित

केन्द्रबिन्दु
0
Shares

कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औँ खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ ।

जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

नितिशले छैटौँ ओभरमा तीव्र गतिका बलर उमरान मलिकलाई चार चौका र दुई छक्कासहित कुल २८ रन जोडेका थिए । अन्तिम र दोस्रो बलमा छक्का हान्दा अन्य चार बलमा चौका हानेका थिए । रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे ।

यसअघिको खेलमा गुजरातलाई हराउन रिंकुले अन्तिम ओभरमा ३१ रन चाहिँदा लगातार पाँच छक्काका साथ खेल जिताएका थिए । छैटौं विकेटका लागि रिंकु र नितिश राणाले ३९ बलमा ६९ रनको साझेदारी गरेका थिए ।

ओपनर नारायण जगदीशनले २१ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । चौथो विकेटका लागि जगदीशन नारायण र नितिश राणाले २९ बलमा ६२ रनको साझेदारी गरेका थिए ।

वेंकटेश ऐर १०, आन्द्रे रसेल ३, शार्दुल ठाकुर १२, रहमानउल्लाह गुरबाज र सुनिल नारायण डक आउट भए । हैदराबादका मार्को यानसनले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर १ विकेट लिए । स्पिनर मयंक मारकान्डेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन र उमरान मलिकले समान एक विकेट लिए ।

त्यसअघि कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । हैदराबादको जितमा ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

Skip This
Skip This
Logo