नेपालका युवा अलराउण्डर कुशल मल्लले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशलले विष्फोटिङ ब्याटिङ गर्दै शतक प्रहार गरेका हुन् । उनले ५९ बलमा ९ चौका र ९ छक्काको मदतमा शतक पूरा गरे । उनको यो एकदिवसीय करिअरको पहिलो शतक हो ।
हाल नेपाल ४० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै २१८ रन बनाएर खेलिरहेको छ । हाल उनलाई क्रिजमा सोमपाल कामीले साथ दिइरहेका छन् । खराव सुरुवात गरेको नेपालले सुरुवाती २७ बलसम्म दुबै ओपनर गुमाउँदै कुनै रन जोड्न सकेको थिएन । २८ औं बलमा पहिलो रन जोडेको थियो । कुशलको शतकले नेपाल खेलमा फर्किएको छ ।































प्रतिक्रिया