म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको सेमिफाइनलमा सेफिल्ड युनाईटेडलाई ३-० गोल अन्तरले हराउँदै सिटी फाइनलमा पुगेको हो।
सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गोल गरेका थिए ।खेलको ४३ औँ मिनेटमा महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।अब सिटीले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ।





























प्रतिक्रिया