नेपालमाथि भारत ९ विकेटले विजयी

नेपालमाथि भारत ९ विकेटले विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीच पोखरामा जारी नेत्रहीन महिला क्रिकेट श्रृंखलाको दोस्रो दिनको खेलमा भारतीय महिला क्रिकेट टोली ९ विकेटले विजयी भएको छ । 

दोस्रो नेपाल–भारत टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखला अन्तर्गत बुधबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले घरेलु टोलीलाई ९ विकेटले हराएको हो । 

पहिलो व्याटिङमा उत्रिएको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइको २९ रनको योगदानमा निर्धारित २० ओभरको समाप्तिमा १० विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । नेपालका लागि विनिता पुनले १८, माया लुङ्गगेली तथा मुना अर्यालले १४ र रिता थापाले १० रन जोडेका थिए । 

१ सय ७२ रनको विजयी लक्ष्य पाएको भारतीय टोलीका लागि फुला सरेनले ४३ वलमा नटआउट ५ चौका सहित ६५ रन तथा सिमु दाशले २७ वलमा ४ चौका सहित नटआउन ६६ रनको शानदार योगदान गरेका थिए । यस्तै, उपकप्तान गंगावा निलप्पाले २२ रनको योगदानले गरिन् । जसको सहयोगमा भारतीय टोलीले १ विकेटको खर्चमा ९ विकेटको जितलाई सहज बनाएको थियो । 

यसअघि हिजो मंगलबार भएको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो । यस श्रृंखलाको बाँकी खेलहरु १५, १६ र १७ गते काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछ। 

Skip This
Skip This
Logo