साउदीलाई पराजित गर्दै ओमान पनि सेमिफाइनलमा, विजेताको टुंगो नेपालको हातमा

साउदीलाई पराजित गर्दै ओमान पनि सेमिफाइनलमा, विजेताको टुंगो नेपालको हातमा

केन्द्रबिन्दु
0
Shares

ओमान एसिसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो अन्तिम खेलमा साउदी अरेवियामाथि ७२ रनको जित निकाल्दै ओमानले अन्तिम चारको यात्रा तय गरेको हो । 

टियु क्रिकेट मैदानमा ओमानले जितको लागि दिएको ३६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा अलआउट हुँदै २९४ रनमा समेटिएको हो । साउदीका लागि ओपनर अब्दुल वहिद र साद खानले सानदार अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । अब्दुल ५ रनले शतक प्रहारमा चुके । उनी ८६ बल खेल्दै ९५ रनमा आउट भए । त्यस्तै, साद ७८ रनमा आउट भए । 

साथै कप्तान हिशम शेखले ३६ रन जोड्दा अर्का अब्दुल वाहिद २५ रनमा पवेलियन फर्किए । अतिफ उर रहमान १६ रनमा अविजित रहे । 

बलिङतर्फ ओमानका विलाल खानले सर्वाधिक ४ विकेट लिए । साथै जय ओडेराले ३ विकेट तथा कप्तान कप्तान जिसन मक्सुदले २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रन बनाएको थियो । ओमानका लागि शीर्ष पाँच ब्याटरले अर्धशतक प्रहार गरे । जतिन्दर सिंहले सर्वाधिक ८८ रन जोड्दा कश्याप प्रजापति ५१, शोएब खान ६८, मोहम्मद नदिम ७१ र कप्तान मकसुदले ५४ रन बनाएका थिए ।

बलिङतर्फ साउदीका अतिफ उर रहमानले ३ विकेट लिए भने अब्दुल वहिदले २ विकेट लिए ।  

यस समूह ए बाट नेपालले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । ओमान ४ खेलमा ६ अंक जोड्दै शिर्षस्थानमा रहँदा एक खेल कम खेलेको नेपाल ५ अंकसहित दोस्रो स्थानमा छ । बिहीवार नेपाल र कतारबीचको खेल पश्चात यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।  समूह बी बाट युएईले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा हङकङ र कुवेतबीच बिहिबार हुने खेलबाट अर्को टोलीको टुंगो लाग्नेछ ।

Skip This
Skip This
Logo