आईपीएलमा राजस्थानसँग चेन्नाई पराजित

आईपीएलमा राजस्थानसँग चेन्नाई पराजित

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले  चेन्नाई सुपर किंग्सलाई सानदार रुपले हराउदै शीर्ष स्थानमा उक्लिएको छ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७ औँ खेलमा चेन्नाई सुपर किंग्स ३२ रनले पराजित भएको हो।राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो । 

चेन्नाईका लागि शिभम दुवेले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर ऋतुराज गायकवाडले २९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए ।  

मोइन अलीले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २३ रन बनाए। दुवे र अलिले पाँचौ विकेटका लागि ५१ रनको साझेदारी गरे।अजिक्या रहाणेले १३ बलमा १५ रन बनाए । रविन्द्र जडेजाले १५ बलमा ३ चौका सहयोगमा अविजित २३ रन बनाए । राजस्थानका लागि एडम जाम्पाले ३ तथा रविचन्द्रन अश्विनले २ विकेट लिए । जेसन होल्डर र कुलदिप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर जोस बटलरले २१ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । 

पहिलो विकेटका लागि जैसवाल र बटलरले ५० बलमा ८६ रनको साझेदारी गरे । कप्तान सन्जु सामसनले १७ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । धुव्र जुरेलले १५ बलमा ३ चौका र २ छक्कको सहयोगमा ३४ रन बनाउँदा देवदत्त पडिकल २३ रनमा अविजित रहे । 

राजस्थानले पछिल्लो पाँच ओभरमा २ विकेट गुमाएर ६३ रन बनाएको थियो ।चेन्नाईका लागि तुसारदेश पान्डेले २ तथा रविन्द्र जडेजा र महेश थिक्सनाले समान १/१ विकेट लिए । 

राजस्थान आठ खेलमा पाँच जित र तीन हारका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।उता,चेन्नाई आठ खेलमा पाँच जित र तीन हारका साथ तेस्रो स्थानमा खस्किएको छ। 

Skip This
Skip This
Logo