सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन्।लिगको १३ औँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
यस्तै रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।































प्रतिक्रिया