सागका स्वर्ण विजेतालाई कांग्रेसले सम्मान गर्ने

सागका स्वर्ण विजेतालाई कांग्रेसले सम्मान गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराएका हुन् । तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रमुख बस्नेतले अवगत गराए ।

‘सुरुवातमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौं । उहाँहरुलाई १० दिन भित्रै सम्मान गर्छौं । साथीभाईहरुसँग छलफल गरेर छुटेकालाई पनि सम्झन्छौं ।’– प्रमुख बस्नेतले भने । एक स्वर्णलाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो ।

त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरुको कोरोना वीमा गरी यथाशीघ्र टोकियो ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने विभिन्न खेलका खेलाडीको प्रशिक्षण उच्च सतर्कताका साथ प्रशिक्षण सुरु गर्न सरकारसँग अनुरोध गर्ने, नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, नेपाली कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट जोगाउन सहयोग पुग्ने कार्यहरु गर्न/गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीहरुको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ ।

विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका आफ्ना स्वर्गीय नेता र शहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।

विभागले स्व. बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखानसिं गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ र शहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

Skip This
Skip This
Logo