कुवेतविरुद्ध रोहित पौडेल र कुशल मल्लको अर्धशतक

कुवेतविरुद्ध रोहित पौडेल र कुशल मल्लको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालका कप्तान रोहित पौडेल र युवा अलराण्डर कुशल मल्लले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

टियु क्रिकेट मैदानमा वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएपछि कप्तान रोहित र अलराण्डर कुशलले अर्धशतक प्रहार गरेका हुन् । रोहितले ५६ बलमा अर्धशतक पूरा गरे भने कुशलले ४२ रनमै पूरा गरे ।

कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि ४२ ओभरमा घटाइएको खेलमा नेपाल हाल २८ ओभरमा १८३ रन बनाएर खेलिरहेको छ ।  

यसअघि राम्रो सुरुवात गरेको नेपाल तीन रन जोड्न तीन शिर्ष ब्याटर गुमाएपछि दबाबमा परेको थियो । कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी १०औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । त्यसपछि ११औं ओभरको तेस्रो बलमा भीम सार्की र १२ औं ओभरको दोस्रो बलमा अर्का ओपनर आसिफ शेख ३१ रनमा क्याच आउट भएका थिए ।

Skip This
Skip This
Logo