घरेलु टोली नेपाल र युएईबीचको एसिसी प्रिमियर कपको फाइनल खेल पुनः अवरुद्ध भएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा वर्षा भएपछि दोस्रोपटक खेल रोकिएको हो । यसअघि पनि खेल रोकिएको थियो ।
नेपालको सानदार बलिङमा युएईका कुनै पनि खेलाडीको ब्याटिङ चल्न सकेन । १६ ओभरमा ६०-५ को दयनीय अवस्थामा रहेको युएईका लागि अशिफ खानले सर्वाधिक ४६ रन जोडे । त्यस्तै, ओपनर आर्यन लाक्राले १३ रन, कप्तान मुहम्मद वासिमले ११ रन र बसिल हमिदले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङतर्फ नेपालका स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २/२ विकेट तथा सोमपाल कामी र गुल्सान झाले एकएक विकेट लिए ।































प्रतिक्रिया