वर्षा नरोकिएपछि नेपाल र युएईबीचको फाइनल खेल स्थगित, मंगलबार के होला ?

वर्षा नरोकिएपछि नेपाल र युएईबीचको फाइनल खेल स्थगित, मंगलबार के होला ?

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित भएको छ। 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाउँदा वर्षा भएपछि दोस्रोपटक खेल रोकिएपछि पुनः खेल हुन नसकेको हो । 

नेपालको सानदार बलिङमा युएईका कुनै पनि खेलाडीको ब्याटिङ चल्न सकेन । १६ ओभरमा ६०-५ को दयनीय अवस्थामा रहेको युएईका लागि अशिफ खानले सर्वाधिक ४६ रन जोडे । त्यस्तै, ओपनर आर्यन लाक्राले १३ रन, कप्तान मुहम्मद वासिमले ११ रन र बसिल हमिदले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङतर्फ नेपालका स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २/२ विकेट तथा सोमपाल कामी र गुल्सान झाले एकएक विकेट लिए । 

May be an image of 4 people, crowd and textस्थगित खेल आजकै स्थितिबाट मंगलबार सुरू हुनेछ । तर, काठमाडौंको मौसम भोलि पनि सुधार हुने पूर्वानुमान छैन । त्यसैले भोलि सुपर ओभरका लागि समय बचे सुपर ओभरबाट विजेताको निर्णय हुनेछ । यदि खेल सुपर ओभरमा गए सोमबार नेपाली बलरले गरेको घातक बलिङ खेर जानेछ । 

सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ। नेपाल हाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा १४ औंँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा ।

May be an image of crowd and text

Skip This
Skip This
Logo