नापोली ३३ वर्षपछि इटालिएन सिरी ‘ए’काे च्याम्पियन

नापोली ३३ वर्षपछि इटालिएन सिरी ‘ए’काे च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो ।

डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औँ मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले पहिलो हाफमा अग्रता लिएको थियो तर दोस्रो हाफको सुरुवाती अर्थात ५२औँ मिनेटमा भिक्टर ओसिमहेनले गोल फर्काउदै खेललाई बराबरीमा मात्रै ल्याएनन, नापोलीलाई उपाधी जित्नका लागि निर्णायक गोलसमेत गरिदिए ।

नापोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पनि पछिल्लो तीन सिजनमा भने तीन फरक फरक टोली च्याम्पियन बनाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेको रेकर्ड कायम रहेको भए पनि त्यसपछिको यताका तीन सिजनमा भने इन्टर मिलान, एसी मिलान र नापोली च्याम्पियन बनेको हो । 

Skip This
Skip This
Logo