पोखरामा सबैभन्दा लामो ट्रायथलन आजबाट सुरु

पोखरामा सबैभन्दा लामो ट्रायथलन आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन भएकाे छ। दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदैछन्।हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता सुरु भएकाे हाे ।

हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।

आयोजकका अनुसार शनिबार फेवातालमा ३‍८ किमी लामो पौडीबाट सो प्रतियोगिता सुरु हुनेछ भने लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ। पोखरा लेकसाईडबाट सुरु हुने सो साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुन: फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाईएको छ । 

सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड सुरु हुनेछ। काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।

सो प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन भने प्रतियोगितामा करिब १ करोड खर्च हुुने अनुमान आयोजकको रहेको छ ।

Skip This
Skip This
Logo