च्याम्पियन्स लिगमा रियल र सिटीको खेल बराबरी

च्याम्पियन्स लिगमा रियल र सिटीको खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। मंगलबार राति भएकाे सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका हुन् । 

दुवै टिमले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई खुल्लै राखेका छन्। रियलको घरेलु मैदानमा स्यान्टियागो वर्नबेउमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३६ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अघि बढाएका थिए ।

खेलको ६७ औँ मिनेटमा केभिन डि ब्रोएनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सिटी सबै प्रतियोगिता गरि पछिल्ला २१ खेलमा अपराजित रहेको छ। जसमा उसले १७ खेलमा जित निकालेको छ। 

साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ ।

Logo