एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक

एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक

केन्द्रबिन्दु
0
Shares

इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो।  बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २-० ले पराजित गरेपछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको ८ औँ मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११औँ मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए । 

पहिलो हाफमा नै २-० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन। दुवैतर्फवाट थप कुनै गोल हुन नसकेपछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो । यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ ।

Skip This
Skip This
Logo