प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ। 

बिहीबारबाट काठमाडौँमा सुरु भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा बिभिन्न जिल्लाका टेनिस संघका खेलाडीहरुले सहभागिता जनाएको उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए। 

खेलकुदको  प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने हेतुले सेनाले सञ्चालन गर्दै आएको प्रतियोगितामा खुल्ला तर्फ तीन,भेट्रान तर्फ आठ र मिश्रिततर्फ दुई गरि १३ स्पर्धामा प्रतिष्पर्धा हुने श्रेष्ठले बताए। 

प्रतियोगिताले खेलाडीहरुको मनोवल वृद्धि गराउने तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने अपेक्षा सेनाले गरेको छ। 

‘राष्ट्रिय टेनिस प्रतियोगिताको माध्यमबाट अवश्य नै खेलाडीहरुको क्षमता अभिवृद्धि हुन गई खेलाडीहरुको व्यक्तिगत र्‍याङ्किङ निर्धारण हुनुको साथै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छु।’ उपरथी श्रेष्ठले भने। नौ दिनसम्म सञ्चालन हुने प्रतियोगिता आगमी जेठ पाँच गते सम्पन्न हुने छ। 

Skip This
Skip This
Logo