रोयल च्यालेन्जर्स बैंग्लोरले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ६० औँ खेलमा सानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्समाथि ११२ रनको जित निकाल्दै बैंग्लोरले प्लेअफ सम्भावनालाई कायमै राखेको हो ।
जितका लागि १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा अलआउट हुँदै ५९ रनमा समेटिएको हो । राजस्थानका लागि सिम्रन हेटमायरले सर्वाधिक ३५ रन र जो रुटले १० रनबनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । पछिल्लो खेलमा शतक प्रहार गरेका यश्ववी जैसवाल शून्य रनमा आउट भए ।
राजस्थानलाई सस्तैमा समेट्न बैंग्लोरका लागि वाने पार्नेलले ३ विकेट तथा मिचेल व्रेसवेल र कर्ण शर्माले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । मिडल अर्डरमा कप्तान फाफ डु प्लेसिसले ५५ र ग्लेन म्याक्सवेलले ५४ रन बनाए भने अनुज रावतले १० बलमा २५ रनको महत्वपूर्ण योगदान दिए।
राजस्थानका आदम जाम्पा र केएम आसिफले २/२ विकेट लिए ।





























प्रतिक्रिया