बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४-२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो ।
आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए भने २०औं मिनेटमा एलेक्स बाल्डेले गोल गर्दै २-० को अग्रता दिलाउन सफल भए ।
उता, ४०औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा नै ३-० को सानदार अग्रता लिन सफल भयो। दोस्रो हाफको सुरुवाती ५३औँ मिनेटमा जुल्स कुन्डेले थप गोल गरेपछि बार्सिलोना खेलमा ४-० को थप अग्रता जुटाउन सफल भयो। तर, यो अग्रता लामो समयसम्म स्थिर भने रहन सकेन्।
७३औँ मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४-१ को स्थितिमा फर्काए। त्यसमाथी इन्ज्युरी समयमा जोसेलुले गोल गर्दै खेललाई ४-२ को ल्याइदिए। त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन नसके पछि खेल ४-२ मा टुंग्याउँदै बार्सिलोनाले जीत हासिल ग-यो।
यस जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जुटाएको छ भने पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औँ स्थानमा सिमित रहेको छ। बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ, अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकाले पनि नतिजा भने बार्सिलोनाको पक्षमा आउनेछ।































प्रतिक्रिया