प्रिमियर लिगमा लिभरपुलको सहज जीत

प्रिमियर लिगमा लिभरपुलको सहज जीत

केन्द्रबिन्दु
0
Shares

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ।लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ।

किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जित पछि उसको चौथो स्थानमा उक्लिने सम्भावना बलियो बन्दै गएको हो।

सो खेलको ३३औँ मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १-० को अग्रता लिन सुरु गरेको थियो र त्यसको तीन मिनेट पछि नै अथाएत ३६औँ मिनेटमा जोन्सले मोहम्मद सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोलसँगै लिभरपुल पहिलो हाफमा २-० ले अग्रता लिन सफल भयो।

दोस्रो हाफको ७१औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले थप गोल  गरे पछि लिभरपुल सहज रुपमा ३-० को अग्रता कायम गर्न सफल हुन पुग्यो । त्यसपछि दुवै टोलीवाट कुनै गोल हुन सकेन र अन्ततः खेल ३–० मा नै टुंगियो ।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बटुेलेको छ भने पराजित लेस्टर समान ३६ खेलबाट ३० अंक जोडेर १९औँ स्थानमा सिमित रहन पुगेको छ । पछिल्लो यो जीतसँगै पाचौँ स्थानमा रहेको लिभरपुललाई चौँथौ स्थानमा जानका लागि थप सहज भएको छ। 

Skip This
Skip This
Logo