पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

केन्द्रबिन्दु
0
Shares

पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ। 

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी भएको हो। पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे छ। 

राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले। पडिकलले ३० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए। जैसवालले ३६ बलमा ८ चौकाको सहयोगमा ५० रन बनाए। 

ओपनर जस बटलर एकै सिजनमा ५ पटक डग आउट हुने खराब कीर्तिमान बनाउँदै दोस्रो ओभरमा नै आउट भए। दोस्रो विकेटका लागि जैसवाल र पडिकल मिलेर ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। 

चौथो विकेटका लागि सिमरन हिटमायर जैसवालले ४७ रनको साझेदारी गरेका थिए। सिमरन हिटमायरले २८ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । रियान परागले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । 

पन्जाबका लागि कागिसो रबाडाले २ तथा राहुल चहर,साम करन,नाथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ  गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। 

पन्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४९ रन बनाए। सुरुआत राम्रो हुन नसकेको पन्जाबका ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा २ रन बनाउँदै आउट भएका थिए। 

दोस्रो विकेटका लागि ओपनर तथा कप्तान शिखर धवन र अथर्व ताइडेले ३६ रनको साझेदारी गरेका थिए। कप्तान धवनले १२ बलमा १७ तथा ताइडेले १२ बलमा १९ रन बनाए।

पाँचौ विकेटका लागि साम करन र जितेश शर्माले ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए । शर्माले २८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए। 

पाँचौ विकेटका लागि साम करन र साहरुख खानले अविजित ७३ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याए। खानले २३ बलमा ४ चौका तथा २ छक्काको सहयोगमा अविजित ४१ रन बनाए। 

राजस्थानका लागि नवदिप सैनीले ३ तथा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १/१ विकेट लिए। राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ। राजस्थानको प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ।

शनिबारको दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा आइतबार मुम्बई तथा बेंगलोरको हारले राजस्थानको लागि प्लेअफको ढोका खुल्नेछ। 

Skip This
Skip This
Logo