कोशी प्रदेश अन्तर्गतका खेलकुद विकास बोर्डकाका सदस्य सचिव हंशराज वाग्लेकाे पद थामिन पुगेको छ।
कोशी प्रदेश सरकारलाई उच्च अदालतले बाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनको पद थमौती भएको हो।
कोशी सरकारले गत बुधबार वाग्लेलाई बर्खास्त गर्ने निर्णय लिएको थियो। उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगर पुगेका थिए। उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको एकल इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख किन नगरेको ? भन्दै सामाजिक विकास मन्त्रालयले पहिलो पटक वैशाख १७ गते र दोस्रो पटक बैशाख २७ गते गरी दुई/दुई पटक स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै गत बुधवार उनलाई बर्खास्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो। तर, उच्च अदालतको अन्तरिम आदेशले उनको पद भने तत्कालका लागि रोकिन पुगेको छ।































प्रतिक्रिया