एम्बाप्पेको दुई गोलमा फ्रेन्च लिगको उपाधि नजिक पीएसजी

एम्बाप्पेको दुई गोलमा फ्रेन्च लिगको उपाधि नजिक पीएसजी

केन्द्रबिन्दु
0
Shares

केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हासिल गरेको छ।  

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पीएसजीको जितमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २-१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे। 

आइतबारको खेलको छैटौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-० को सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि अर्थात ८ औँ मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २-० मा टुंगियो । 

तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१औँ मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २-१ को स्थिति फर्काए। तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन् अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।

फ्रेन्च लिग वानमा पीएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पीएसजी कीर्तिमानी ११औँ पटक च्याम्पियन बन्नेछ।

Skip This
Skip This
Logo