नेपाल भारतसँग पराजित, बन्यो समूह उपविजेता

नेपाल भारतसँग पराजित, बन्यो समूह उपविजेता

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाल बलियो प्रतिस्पर्धी भारतसँग ३-१ को सेटमा पराजित भएको हो । पहिलो सेट सहजै गुमाएको नेपालले दोस्रोमा उच्च प्रतिस्पर्धा गर्दा तेस्रो सेट जित्न सफल भयो । चौथो सेट पनि प्रतिस्पर्धामै पुगेर नेपाल पराजित बन्यो । २५-१२, २६-२४, २१-२५ र २५-२१ ले नेपालले खेल गुमायो । 

योसँगै समूह एको भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल उपविजेता बन्याे । भारतले समूह चरणको तीन खेल जित्दै ९ अंक जोड्यो भने नेपालले ६ अंक । नेपालले हालसम्म भारतलाई हराउन सकेको छैन ।

साथै समूह बीबाट काजकस्तान समूह विजेता बनेको छ भने उज्वेकिस्तान उपविजेता बनेको छ । अब काजकस्तानले समूह ए को उपविजेता नेपालसँग खेल्नेछ । 

Logo