ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुने भएका छन्।दोस्रो लेगको आठौं चरण अन्तर्गतका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ।

पहिलो खेलमा दिउँसो २ बजे नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।आजको दोस्रो खेलमा साँझ हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लब भिड्नेछन्।

Logo