सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन्। दोस्रो लेगको नवौं चरण अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।आर्मी र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।































प्रतिक्रिया