राखेप सदस्य सचिवका लागि महर्जन र न्यौपानेको उम्मेदवारी

राखेप सदस्य सचिवका लागि महर्जन र न्यौपानेको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषदको नयाँ सदस्य सचिवका लागि शारिरीक सुगठन खेलका रोशन महर्जन र नेपाल कुराँस संघका अध्यक्ष धुर्बराज न्यौपानेले निवेदन दर्ता गराएका छन् ।

महर्जन राखेपको सदस्य सचिवमा पहिलो नम्बरमा निवेदन दर्ता गरेका छन् । त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन् । न्यौपाने २०७३ देखि ७६ सम्म काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रहेका थिए । खेलकुद विकास ऐन ०७७ लागू भई सदस्य सचिवका लागि दरखास्त आव्हान गरे पश्चात उक्त पदका लागि दुवैले निवेदन दिएका हुन् ।

महर्जन २०५० सालबाट नेपाली खेलकुदमा सक्रिय छन् । नेपालकै सवैभन्दा पूरानो खेल संस्था नेपाल ब्यायम मन्दिरमा विगत १० वर्षबाट कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा लाग्दै आएका छन् । कराँते खेल (सितेरियो) खेलाडीका रुपमा खेलकुदमा लागेका उनी ०४८ सालबाट शारिरीक सुगठनमा लागेका हुन् । उनले ०५० सालमा पाटनको पहिलो जिम खाना नाईन प्वाईन्ट हेल्थ क्बलबाट औपचारिक रुपमा शारिरीक सुगठनका खेलाडी हुँदै विभिन्न प्रतियोगितामा उपाधि जितिसकेका छन् ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाईसेन्स लिएका महर्जनले ईन्टरनेशनल फेडेरेशन अफ बडिबिल्डिङ्ग अन्र्तगतको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।

हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष समेत रहेका छन् । न्यौपाने लामो समयबाट नेपाली खेलकुदसँग जोडिदै आएका छन् । ०६४ सालमा उनी राष्ट्रिय खेलकुद परिषदबाट कपन गाउँ खेलकुद विकास कमिटिका प्रमुख रहेका थिए । नयाँ खेलकुद विकास ऐन असार १७ गतेबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ । मन्त्रालय स्रोतका अनुसार सदस्य सचिवमा विहीबारसम्म १७ जनाले उम्मेदवारी दिएका छन् ।

Skip This
Skip This
Logo