न्युकासल युनाइटेडमाथि टोटेनहमको सहज जीत

न्युकासल युनाइटेडमाथि टोटेनहमको सहज जीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा टोटेनहमले जीत निकालेको छ । न्युकासल युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोटेनहामले ३–१ गोलको सहज जीत दर्ता गरेको हो ।

पाहुना टोली टोटेनहमको जीतका लागि ह्यारी केनले दुई गोल र सनले एक गोल गरेका थिए । यस्तै न्युकासल युनाइटेडका लागि माट रिटचेयले एक गोल गरे । जुन जीतका लागि पर्याप्त थिएन ।

जीतसँगै टोटेनहम ३६ खेलमा ५५ अंक सहित तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित न्युकासल युनाइटेड भने ४३ अंकसहित १३ औं स्थानमा छ ।

Logo