नेपाल र स्कटल्याण्डबीचको अभ्यास खेल आज

नेपाल र स्कटल्याण्डबीचको अभ्यास खेल आज

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ। विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो। 

सो खेल मध्यान्ह्र दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ। यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो। आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेकाे हाे।

नेपाली टिम :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Skip This
Skip This
Logo