काठमाडौं ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा नर्विच सिटीमाथि चेल्सीले १–० गोल अन्तरको सानदार जीत निकालेको छ । यो जीतसँगै चेल्सीको तेस्रो स्थानमा रहने सम्भावना बलियो भएको छ।
लिगको जारी खेलमा दुई खेल बाँकी रहँदा चेल्सीले ३६ खेलबाट ६३ अंक जोडेको छ । यो उसको तेस्रो स्थान हो । चौथो स्थानमा रहेको लेस्टर सिटी र पाँचौ स्थानमा रहेको म्यान्चेष्टर युनाईटेडको अंक भन्दा चेल्सी ४ अंकले अघि छ ।
अब एक खेलमा जीत निकालेमा उसले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्नेछ।































प्रतिक्रिया