पाकिस्तानविरुद्ध नेपालले लियाे तीन विकेट

पाकिस्तानविरुद्ध नेपालले लियाे तीन विकेट


हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावर प्ले (सुरुवाती ६ ओभर) मा ३३ रन दिएर महत्वपूर्ण ३ विकेट लिएको छ।  

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा कविता जोशी र कविता कुँवरले विकेट लिए। नेपाललाई ब्रेकथ्रु दिलाएकी कुँवरले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई शून्यमै क्याच आउट गराइन्। 

Logo