नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटअघि वार्मअप खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग पराजित भएको छ ।
जिम्बाब्वेको हरारेमा मंगलबार भएको खेलमा नेपालविरुद्ध युएई ३ विकेटले विजयी भएको हो । नेपालले जितका लागि दिएको २७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
युएईको जितमा रोहन मुस्ताफाले सर्वाधिक ७८ रनको अर्धशतकीय ईनिङ खेले ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २७६ रन बनाएको थियो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै, कुशल मल्लले ४६ रन बनाउँदा कुशल भुर्तेल ३९ रन तथा आरिफ शेखले ३५ रन बनाएका थिए ।
नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो । नेपाल कमजोर ब्याटिङकै कारण दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स पराजित भएको थियो । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।































प्रतिक्रिया