कप्तान मक्सुदको शतकमा नेपाललाई ओमानको चुनौतीपूर्ण लक्ष्य, साेमपाले लिए ५ विकेट

कप्तान मक्सुदको शतकमा नेपाललाई ओमानको चुनौतीपूर्ण लक्ष्य, साेमपाले लिए ५ विकेट

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा अलआउट हुँदै २६७ रन बनाएको हो । खराव सुरुवात गरेको ओमानका लागि कप्तान जिशान मक्सुदले सानदार शतकीय इनिङ खेले । उनले १०५ बलमा १०९ रन जोडे । 

एक समय ७.२ ओभरमा ८-४ को दयनीय अवस्थामा पुगेको ओमानलाई उनको यो प्रदर्शन महत्वपूर्ण रह्यो । पाँचौं ओभरको पहिलो बलमा तीव्र गतिका बलर सोमपाल कामीले ओपनर कश्याप प्रजापतिलाई एक रनमा आउट गर्दै सानदार सुरुवात दिलाएका थिए । त्यसपछि अकिब इलियास, जतिन्दर सिंह र मोहम्मद नदीमलाई ओमानले सस्तैमा गुमाएको थियो ।  

खेलको मध्यतिर नेपालको फितलो प्रदर्शनमा ओमानले फाइदा लियो र कप्तान मक्सुद र आयान खानले राम्रो साझेदारी गरे । आयान खान रनले ५४ रनको अर्धशतकीय इनिङ खेले भने शोएब खानले ३८ रन जोडे । 

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए ।  त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट तथा करण केसी र प्रतिश जिसीले समान एकएक विकेट लिए ।

Skip This
Skip This
Logo