जिम्बावेसँग खेल्नुअघि नेपालको सानदार जित, लयमा फर्कियो बलिङ र ब्याटिङ

जिम्बावेसँग खेल्नुअघि नेपालको सानदार जित, लयमा फर्कियो बलिङ र ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम अभ्यास खेलमा ओमानमाथि सानदार जित हात पारेको छ । बिहीवार भएको खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो । 

जिम्बावेको हरारे स्पोट्र्स क्लबमा ओमानले जितका लागि दिएको २६७ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सानदार शतक प्रहार गरे । उनी बलमा ९१ बलमा १३ चौका र २ छक्कासहित १०१ रनमा ‘रिटायर्ड आउट’ भएर पवेलियन फर्किए ।

त्यस्तै, भीम सार्कीले ५६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहितकुमार पौडेलले ३१ रन, दीपेन्द्रसिं ऐरीले २६ रन तथा कुशल मल्लले १७ रन जोडे । सानदार सुरुवात गरेको नेपालले अन्तिम समयमा भने लगातार विकेट गुमाएको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले सर्वाधिक १०६ बलमा १०९ रनको योगदान दिए भने सोयब खानले ६८ बलमा ३८ रन जोडे । साथै आयान खानले खानले ४६ बलमा ५६ रन, सन्दीप गोडीले ३१ बलमा १५ रन र नसिम खुसिले ९ बलमा १७ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । साथै सन्दीप लामिछानेले तीन, करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए । 

नेपालको यो एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा पहिलो जित हो । यसअघि नेपाल युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । तर, आजको खेलले भने नेपाल पुनः लयमा देखिएको आंकलन गर्न सकिन्छ । 

विश्वकप छनोटमा नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र युएई छन् ।  

विश्वकप छनोट अन्तर्गतको नेपालले पहिलो खेल आगामी असार ३ गते घरेलु टोली जिम्बाबेसँग खेलनेछ । त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

Skip This
Skip This
Logo