अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ। घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप बिजेता जर्मनी १-० ले पराजित भएको हो।
जर्मनीको पराजयका लागि पोल्यान्ड ज्याकव किविओरले पहिलो हाफको ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो।
पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन परेको अन्तराष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका थिए।
त्यसमाथी,दोस्रो हाफको ५८औँ मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिदा उसको लागि आएको मौकासमेत गुमाउनु पर्ने अवस्था आयो।
यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्न पुगेको छ। जसअनुसार बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग भने ३–३ गोलको बराबरी खेलेको थियो।































प्रतिक्रिया