जिम्बावेविरुद्ध नेपालले टस हार्याे

जिम्बावेविरुद्ध नेपालले टस हार्याे

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा जिम्बावेले टस जितेर फिल्डिङ राेजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । 

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन्। विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ। पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा छ।

नेपालले आज स्पिनर ललित राजवंशीलाई बेन्चमा राखेर युवा अलराउण्डर गुल्सान झालाई मैदान उतारेको छ । ज्ञानेन्द्र मल्ल पनि प्लेइङ सेटमा परेका छैनन् । 

नेपालको प्लेइङ ११ –
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की

Skip This
Skip This
Logo