जिम्बावेका कप्तान इर्विनले हाने शतक, नेपालको बलिङ नै चलेन

जिम्बावेका कप्तान इर्विनले हाने शतक, नेपालको बलिङ नै चलेन

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली जिम्बावेका कप्तान क्रेग इर्विनले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका छन् । 

जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेका लागि कप्तान इर्विनले १११ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा १३ चौका र एक छक्का पनि प्रहार गरे । हाल जिम्बावे ३८ ओभरमा मात्र २ विकेट गुमाउँदै २२५ रन बनाएर खेलिरहेको छ । कप्तान इर्विनलाई क्रिजमा सेन विलियम्सले ५५ रनको अर्धशतकीय इनिङ बनाउँदै साथ दिइरहेका छन् । 

त्यसअघि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । त्यस्तै, गुल्सान झाले २३.२ ओभरमा विस्ले मदभेरेलाई ३२ रनमा दीपेन्द्रसींह ऐरीमार्फत क्याच आउट गराए ।  

नेपालका अन्य बलरले विकेट लिन सकेका छैनन् । नेपालका प्रमुख हतियार मानिएका स्पिनर सन्दीप लामिछाने ८ ओभरमा रन खर्चिएर विकेट विहीन छन् । 

त्यसअघि जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनाएको थियो । 

नेपालले खेलको सुरुआत राम्रो ग-यो । ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । 

कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे । 
    
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए । 

Skip This
Skip This
Logo