युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटाली तेस्रो स्थानमा

युइएफए नेसन्स लिगः नेदरल्याण्डलाई हराउँदै इटाली तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ। घरेलु टोली नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै  इटाली नेसन्स लिगमा तेस्रो भएको हो। 

नेदरल्यान्ड्समा आइतबार राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो। खेलको सुरुवाती मै अर्थात छैटौं मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए। २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै पहिलो हाफमा नै इटालीको अग्रता दोब्बर पारे। 

दोस्रो हाफको ६८औँ मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–० को सहज अग्रता लियो। 

८२औँ मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले  खेल सकिनु अघि मात्र ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा फर्कियो। 

तर,समयको अन्तिम अवस्थामा रहेका कारण थप गोल निस्कन नसक्दा इटाली विजयी हुँदै तेस्रो स्थान हासिल गर्न सफल भयो।नेसन्स लिगको उपाधि लागि आज राति क्रोएसिया र स्पेनबीच प्रतिस्पपर्धा हुँदैछ। 

Skip This
Skip This
Logo