सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको दोस्रो खेलमा नेपालले आज सोमबार आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले घरेलु टोलीको सामना गर्नेछ। नेपाल र किर्गिस्तानबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ। आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको थियो।काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।































प्रतिक्रिया