स्पेनलाई नेसन्स लिगको उपाधि

स्पेनलाई नेसन्स लिगको उपाधि

केन्द्रबिन्दु
0
Shares

स्पेनले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ। जर्मनीमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो। स्पेनले पछिल्लो पटक २०१२ मा युरोकप जितेको थियो।

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा स्पेनले ५-४ ले बाजी मार्य। यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे। पेनाल्टीमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसेन्सियो र डानी कार्भाजलले गोल गरे । एम्रिक लापोर्टे भने चुकेका थिए।

Skip This
Skip This
Logo