सुपर सिक्समा पुग्न जित्नै पर्ने दवावसहित नेपाल र अमेरिका भिड्दै

सुपर सिक्समा पुग्न जित्नै पर्ने दवावसहित नेपाल र अमेरिका भिड्दै

केन्द्रबिन्दु
0
Shares

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ। अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ। 

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ। उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ। पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो। नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो। 

दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।

Skip This
Skip This
Logo