विश्वकप छनोटमा नेपालको पहिलो जित, अमेरिकाको लगातार दोस्रो हार

विश्वकप छनोटमा नेपालको पहिलो जित, अमेरिकाको लगातार दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयाे ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले ३२ रनको योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको थियाे । अमेरिकाका लागि सातौं नंबरमा मैदानमा आएका शायन जहानगिरले सानदार शतक प्रहार गरे । उनले ७९ बलमा १०० रन जोडे । 

एक समय १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंह र त्यसपछि शायनको इनिङले अमेरिकाले सम्मानजनक रन बनउन सफल भयो । सुशान्तले ४२ रन जोड्दा गजानन्दले रन बनाए । अन्य खेलाडीको राम्रो प्रदर्शन रहेन । 

May be an image of 4 people and textबलिङमा नेपालका तीव्र गतिका बलर करण केसीले ३ मेडनसहित ४ विकेट लिए । साथै गुल्सान झाले ३ विकेट, दीपेन्द्रसिंह ऐरीले २ विकेट र ललित राजवंशीले एक विकेट लिए । 

तर, नेपालका प्रमुख हतियार माानिएका सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । अमेरिकाविरुद्ध सन्दीपले पूरै १० ओभर खेल्दा पनि विकेट लिन सकेनन् । सर्वाधिक आशा गरिएका उनले सो क्रममा ५८ रन खर्चिए । उनी यसअघि पहिलो खेलमा जिम्बावेसँग पनि विकेटविहीन रहेका थिए ।विश्वका विभिन्न लिग खेलेको हुँदा यो स्तरमा राम्रो गर्न सक्ने अनुमान गरिए पनि उक्त पिचमा उनको बलिङ नचल्दा नेपालले हार व्यहोर्न पुगेको थियो । 

नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 

Skip This
Skip This
Logo