नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । अब वेस्ट इन्डिज केहीेबेरमा ब्याटिङमा उत्रनेछ । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।
नेपालले वेस्ट इन्डिजसँग कुनैपनि खेलमा पहिलो पटक खेल्न लागेको हो । चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजमा विश्व स्तरिय टि२० ब्याटरको बाहुल्यता छ । तर, वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपाल आज ऐतिहाासिक जितको खोजीमा छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।































प्रतिक्रिया